धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सम्बन्धमा कानूनी प्रावधानअनुसार अगाडि बढिरहेको बताएको छ । आज कार्यालयमा पत्रकार सम्मेलन गरी पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले यसबारे जानकारी गराएकाे हाे ।
काठमाण्डौ जिल्ला अदालतको यही असोज १६ गतेको फैसला बमोजिम मारवाडी सेवा समितिको दाबी नपुग्ने ठहर गरी गौशाला धर्मशालाको व्यवस्थापन गर्ने अधिकार कोषमा नै निहित भएको फैसला भएको थियो ।
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले धर्मशाला सञ्चालन व्यवस्थापनको मोडेलसहितको कार्यविधि पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट निर्णय भए बमोजिम हुनेगरी अहिलेलाई धर्मशाला व्यवस्थापन गर्न काठमाण्डौ महानगरपालिकासँग समन्वय गरिएको बताउनुभयो । तत्कालीन समयमा गौशाला धर्मशाला शब्द मिसाएर मिल्दोजुल्दो हुने गरी जिल्ला प्रशासन कार्यालयमा मारवाडी सेवा समिति नेपाल नामको संस्था दर्ता गरेको देखिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।
पशुपतिनाथ मन्दिरको जग्गा र जग्गामा रहेको सम्पत्ति कसैले पनि गलत ढङ्गले अतिक्रमण गर्न नहुने पशुपति क्षेत्र विकास कोषले बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।