आज विश्व खाद्य दिवस : नेपालको १३ प्रतिशत जनसङ्ख्या खाद्य असुरक्षाको स्थितिमा

 असोज ३०, २०८१ बुधबार ८:४९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘सुखी जीवन र समुन्नत भविष्यको लागि खाद्य अधिकार’ भन्ने नाराका साथ ४४ औँ विश्व खाद्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको आह्वानमा हरेक वर्ष अक्टोबर १६ तारिखमा यो दिवस मनाइन्छ । विश्वभर खाद्यान्न सङ्कट र भोकमरी विरुद्ध ऐक्यबद्धता जनाउँदै दिवस मनाइने गरिन्छ ।

नेपालको संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । तर, किसानलाई कृषि गर्न प्रोत्साहन नदिनु, उनीहरुले उत्पादन गरेका वस्तुले बजार नपाउनु तथा उत्पादन बढाउन पहल नहुनु जस्ता कारणले खाद्यान्नको आयात बढ्दो छ ।

यस्तै जलवायु परिवर्तन लगायतका कारण विश्वमा खाद्य प्रणालीसहित मानव जीवनका आर्थिक, सामाजिकलगायत सबैजसो पक्षहरुमा असर परिरहेको छ । नेपालमा अझै पनि १३ प्रतिशत जनसङ्ख्या तथा ४२ जिल्ला खाद्य असुरक्षाको स्थितिमा रहेका छन् ।

दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकका खाद्य अधिकार र खाद्य सम्प्रभुतासम्बन्धी मौलिक हकहरुको परिणाममुखी कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । अहिलेको सरकार कोही भोकै पर्दैनन् र भोकले कोही मर्नु पर्दैन भन्ने कार्यक्रमका साथ अगाडि बढिरहेको उहाँको दाबी छ ।
 

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया