एलन मस्कद्वारा डोनाल्ड ट्रम्पको अभियानलाई ३ महिनामा १० अर्ब रुपैयाँभन्दा धेरै सहयोग

 असोज ३०, २०८१ बुधबार १५:१७:३ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

विश्वकै धनी अमेरिकी अर्बपति एलन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार एवम् पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अभियानका लागि ७५ मिलियन डलर रकम दिनुभएको छ ।

एलन मस्कले डोनाल्ड ट्रम्पको समर्थक अभियान समूह अमेरिका पीएसीलाई तीन महिनामा झन्डै ७५ मिलियन डलर अर्थात् १० अर्ब रुपैयाँभन्दा धेरै रकम दिनुभएको बीबीसीले जनाएको छ । सरकारी जाँचका क्रममा यो तथ्य पत्ता लागेको हो ।

अमेरिकी राष्ट्रपतिको चुनाव जित्ने रिपब्लिकन उम्मेदवारको प्रयासमा अर्बपति कसरी महत्त्वपूर्ण भएका छन् भन्ने कुरा देखाएको खबरमा उल्लेख छ ।

गएको जुलाईमा ट्रम्पमाथि भएको आक्रमणपछि मस्कले उहाँलाई औपचारिक रूपमा आफ्नो समर्थन दिनुभएको थियो । यद्दपि योभन्दा पहिले पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गरेको देखिएको छ । भर्खरै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको र्यालीका क्रममा मस्क पनि सहभागी हुनुभएको थियो । यही ठाउँमा ट्रम्पमाथि आक्रमण भएको थियो ।

अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति पदको चुनाव हुँदैछ । चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस उम्मेदवार हुनुहुन्छ । यस्तै रिपब्लिकन पार्टीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई उम्मेदवार बनाएको छ ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया