लेबनानको राजधानी बेरुतमा ५ दिनपछि फेरि इजरायली आक्रमण, मेयरसहित ५ जनाको ज्यान गयो

 असोज ३०, २०८१ बुधबार १८:११:४५ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

इजरायली सेनाले पाँच दिनपछि फेरि लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको छ । दक्षिणी लेबनानको नबातिह शहरमा भएको पछिल्लो इजरायली आक्रमणमा पाँच जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा नबातिह शहरका मेयर पनि छन् ।

मङ्गलवार राति इजरायली सेनाले बेरुतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेको थियो । इजरायलले इरान समर्थित विद्रोही समूह हिजबुल्लाहको भूमिगत गोदामलाई निशाना बनाएको बताएको खबरमा उल्लेख छ । यसअघि लेबनानका अधिकारीहरूले लेबनानको दक्षिणी क्षेत्रमा भर्खरै भएका आक्रमणमा धेरैको ज्यान गएको बताएका थिए ।

इजरायलले लेबनानबाहेक गाजामा पनि आक्रमण गरिरहेको छ । मङ्गलवार अमेरिकाले इजरायललाई ३० दिनभित्र गाजामा मानवीय सहायताको पहुँच बढाउन आग्रह गरेको थियो । यदि त्यसो भएन भने इजरायललाई दिइने सैन्य सहायतामा पनि कटौती गर्न सक्ने अमेरिकाले जनाएको छ ।

बेरुतमा भएको यो पछिल्लो आक्रमणअघि मङ्गलवार पनि इजरायली सेनाले लेबनानका विभिन्न ठाउँमा बमबारी गरेको थियो ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया