बीपी राजमार्ग थप मर्मतका लागि आजदेखि रातको समयमा बन्द हुने

 असोज ३०, २०८१ बुधबार १७:४५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बीपी राजमार्गकाे धुलिखेल–भकुण्डेवेसी–वर्षेखाेला सडक खण्ड थप मर्मतका लागि आजदेखि रातको समयमा बन्द हुने भएको छ । याे सडक खण्ड बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म १० घण्टा बन्द हुने भएको हो ।

यो खण्ड गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछिकाे बाढी र पहिरोले क्षति गरेको छ । डिभिजन सडक कार्यालय भक्तपुरले सूचना निकालेर बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ ।

काभ्रे जिल्लाभित्र पर्ने १ नम्बरपुल–चौकीडाँडा–वर्षेखोला खण्डको झन्डै ८ किलोमिटर सडक ट्र्याकको मर्मत तथा सुधार गर्न सडक खण्ड बन्द गर्न लागिएको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो ।

बाढी पहिरोले बन्द भएकाे यो राजमार्ग गएको शुक्रवारदेखि अस्थायी रूपमा सञ्चालनमा आएको हो ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया