बाढीले केराखेती नष्ट भएपछि किसानको व्यवसाय डुब्याे

 असोज ३०, २०८१ बुधबार १८:३५:१४ | रासस
unn.prixa.net

तस्वीर : रासस

सप्तरी – यही असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरूको व्यवसाय डुबेको छ ।

भारदहमा मात्रै बाढीले पाँच सय बिघामा लगाइएको केराखेती नष्ट गरेको छ । बाढीका कारण फलेको केरा खेतमै डुब्नुका साथै ढलेर नष्ट भएको हो । यसबाट व्यावसायिक रूपमा केराखेती गर्दै आएका किसान मर्कामा परेका छन् ।

बिक्री गर्ने समयमा आएको बाढीका कारण केराखेती गर्ने किसानलाई लाखौं रुपैयाँको घाटा भएको छ । किसानले अहिलेसम्म कुनै निकायबाट पनि राहत नपाएको गुनासो गरेका छन् ।

यसअघि गएको  वैशाखमा हावाहुरी आउँदा पनि केरा ढलेर किसानले ठूलो क्षति बेहोर्नुपरेको थियो ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया