नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट हुँदा १ सय ४० जनाको ज्यान गयो

 कात्तिक १, २०८१ बिहीबार ६:४०:५६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

उत्तरी नाइजेरियामा भएको इन्धन ट्याङ्कर विस्फोटमा एक सय ४० भन्दा बढी मानिसको ज्यान गएको छ । उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ  ।

नाइजेरियाले अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको समयमा पेट्रोलको भाउ बढेका  बेला भएको यो दुर्घटनाले थप क्षति गरेको बताएको छ । दुर्घटना पछि स्थानीय बासिन्दाहरू ट्याङ्कर वरिपरि भेला भएर सडक र नालीमा चुहिएको इन्धन सङ्कलन गर्न थालेपछि ठूलो मानवीय क्षति व्यहोर्नु परेको नाइजेरियाका प्रहरीले बताएका छन् ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (एनइएमए) का प्रवक्ता नुरा अब्दुल्लाहले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताउनुभएको खबरमा उल्लेख छ । राष्ट्रपति बोला अहमद टिनुबुले गएको वर्ष अनुदान हटाएपछि पेट्रोलको मूल्य पाँच गुणा बढेको छ । त्यहाँ पेट्रोल प्रायः अभाव हुने गर्छ । गएको हप्ता मात्र सरकारी तेल कम्पनीले एक महिनाभन्दा कम समयमा दोस्रो पटक मूल्य वृद्धि गरेपछि निराशा अझै बढेको छ । 

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया