काठमाण्डौको गौशालामा रहेको धर्मशाला खाली गर्ने विषयमा विवाद चर्कियो

 कात्तिक १, २०८१ बिहीबार ९:१९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको गौशालामा रहेको धर्मशाला खाली गर्ने विषयमा विवाद चर्किएको छ । पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिले प्रयोग गरिराखेको धर्मशाला कानुनअनुसार खाली गर्ने भन्दै आएको छ ।

कोष र काठमाण्डौ महानगरपालिकाको समन्वयमा धर्मशाला सञ्चालन गर्ने गरी सहमति पनि भएको छ । तर मारवाडी सेवा समितिले भने धर्मशाला भएको जग्गाको आफू मोहीयानी भएको दाबी गर्दै त्यो ठाउँ नछाड्ने अडान लिँदै आएको छ ।

यसैबीच हिजो धर्मशालामा अनधिकृत संरचना हटाउन भन्दै गएको काठमाण्डौ महानगरपालिकाको टोलीको दुई वटा डोजर प्रहरीले नियन्त्रणमा लिएको छ । पशुपति क्षेत्र विकास कोष र महानगरबीच भएको सम्झौता अनुसार धर्मशाला खाली गराउन नगर प्रहरीको टोली हिजो दिउँसो गौशाला पुगेको थियो ।

डोजरले अनाधिकृत संरचना हटाउन खोज्दा पहिलैदेखि घेरा हालेर बसेको प्रहरीले दुई वटा डोजर नियन्त्रणमा लिएको महानगरले जनाएको छ । तर, महानगरले धर्मशालामा बोर्ड भने राखेको छ । मारवाडी सेवा समितिसँग विवाद चलिरहेको बेला यसअघि व्यानर मात्र राखेको महानगरले हिजो बोर्ड राखेको हो । 

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया