साफ महिला च्याम्पियनशिपमा साविक विजेता बङ्गलादेश र पाकिस्तानबीच बराबरी

 कात्तिक ५, २०८१ सोमबार ६:३१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : साफ

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबलमा साविक विजेता बङ्गलादेश र पाकिस्तानबीचकाे खेल बराबरीमा सकिएकाे छ ।

हिजाे बेलुका त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे समूह 'ए' काे खेलमा बङ्गलादेश र पाकिस्तानले १–१ गाेलकाे बराबरी खेल्दै अङ्क बाँडेका हुन् । पाकिस्तानका लागि खेलकाे ३२ औं मिनेटमा जाहमेना मालिकले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएकी थिइन् । तर दाेस्राे हाफकाे इन्ज्युरी समयको पहिलो मिनेटमा बङ्गलादेशका लागि सम्सुनाहर जुनियरले गोल गरिन् ।

समूह 'ए' मा भारत १ खेलमा ३ अङ्कसहित शीर्ष स्थानमा छ । बङ्गलादेश १ खेलमा १ अङ्कसहित दाेस्राे र पाकिस्तान २ खेलमा १ अङ्कसहित पुछारमा छ । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया