विपदमा ज्यान गुमाएका २ सय २६ जना मृतकका परिवारलाई राहत रकम वितरण

 कात्तिक ६, २०८१ मंगलबार १८:३९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – सरकारले असोज दोस्रो हप्ताको बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई राहत रकम वितरण गरेको छ । विपद्मा परी ज्यान गएका दुई सय ३८ जना जनामध्ये दुई सय २६ जना मृतकका परिवारलाई गरी पाँच करोड ४६ लाख रुपैयाँ वितरण राहत रकम प्रदान गरेको गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

१२ जना मृतकको पारिवारिक विवरण यकिन नभएको, हकदार नभएको, कागजात मिलाउन बाँकी रहेको जस्ता कारण वितरण गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । सरकारले प्रति मृतक दुई लाख रुपैयाँका दरले रकम वितरण गरेको हो । काभ्रेमा ज्यान गुमाएका ७९ मध्ये ७८, ललितपुरका ४६ मध्ये ४५, धादिङका ३६, काठमाण्डौका १९, पाँचथर, मकवानपुर, सिन्धुपाल्चोक र दोलखाका सात÷सात जना मृतक परिवारले राहत पाएका छन् ।

त्यस्तै सोलुखुम्बुका पाँच, भक्तपुर र रौतहटका चार/चार, सर्लाही र सिन्धुलीका तीन/तीन, झापा, महोत्तरी र रुपन्देहीका दुई/दुई, इलाम, धनकुटा, उदयपुर, ओखलढुंङ्गा, रामेछाप, सप्तरी र सिरहाका एक/एक जना मृतक परिवारलाई पनि राहत रकम दिइएको गृह मन्त्रालयले जनाएको छ । विपदका परी हराएका १८ जनाकोअ बस्था अझै थाहा हुन सकेको छैन ।  

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया