इजरायलले इरानमा आक्रमण थाल्यो, ठूलो युद्धको डर

 कात्तिक १०, २०८१ शनिबार ६:४९:५६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलले इरानमा आक्रमण गरेको छ । इजरायलले इरानको राजधानी तेहरानसहितका ठाउँमा रहेका सैन्य अखडामा आक्रमण गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तेहरानमा लक्षित गरेर प्रहार भएका मिसाइललाई आफ्नो प्रतिरक्षा प्रणलीले आकासमै ध्वस्त पारेको इरानले जनाएको छ । इरानका अरु विभिन्न शहरमा पनि आक्रमण भएको जनाएको छ । यो आक्रमणलाई जवाफ दिनको लागि इरानले छलफल थालेको छ ।

यही अक्टोबरको १ तारिखमा इरानले इजरायलमा २ सयवटा मिसाइल हानेको थियो । त्यसैको जवाफमा आज इरानलाई आक्रमण गरेको इजरायलको भनाइ छ ।

इरानले पनि आक्रमण गर्ने सम्भावना रहेको भन्दौ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसहितका शीर्ष नेताहरु अहिले बंकरमा लुक्नुभएको कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।

इजरायल र इरानबीच पूर्ण क्षमताको युद्ध भएमा यसले मध्यपूर्व मात्र नभई विश्वलाई नै युद्धमा धकेल्ने भन्दै चिन्ता व्यक्त भइरहेको छ ।
 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया