चक्रवात ‘दाना’ आँधीको प्रभाव आज निक्कै कम : पश्चिमी वायुको प्रभाव कायमै

 कात्तिक १०, २०८१ शनिबार ८:१७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बङ्गालको खाडीमा विकसित चक्रवात ‘दाना’ आँधीको प्रभाव आज निक्कै कम रहेको मौसमविद्ले बताएका छन् । ‘दाना’ आँधी कमजोर भएसँगै नेपालमा जोखिम र असर घट्दै गएको छ । पूर्वमा ‘दाना’ आँधीको छिटपुट तथा देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशमा आजको मौसम आंशिकदेखि साधारणतया बदली छ । आज दिउँसो कोशीप्रदेशसहित देशका पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । एक–दुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना कायमै छ ।

गएराति सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा कतै कतै हल्का वर्षा भएको छ । मनसुन सकिए पनि नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभावले कतै कतै छिटपुट पानी पर्ने अवस्था रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । 
 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया