इरानमाथिको कारबाही तत्कालका लागि अन्त्य भएको इजरायलको घोषणा

 कात्तिक १०, २०८१ शनिबार १५:१७:१९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलले इरानमाथिको कारबाही तत्कालका लागि अन्त्य भएको घोषणा गरेको छ । राजधानी तेहरान आसपासका इरानी सैन्य क्षेत्रलाई लक्षित गरी हवाइ आक्रमण गरेको इजरायलले इरानमाथिको जबाफी कारबाही तत्कालका लागि रोकिएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

तत्कालका लागि आक्रमण सकिएको तर इरानले पुन आक्रमणको प्रयास गरे इजरायल त्यसको जबाफ दिन पनि तयार रहेको पनि इजरायली अधिकारीहरूले बताएका छन् । आक्रमणमा प्रयोग भएका विमानहरु सुरक्षित रूपमा घर फर्किएका पनि इजराइली डिफेन्स फोर्सले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तीमा इजरायली सैनिकका प्रवक्ता ड्यानियल हगारीले आफूहरुलाई धम्की दिने र क्षेत्रीय तनाव बढाउन खोज्नेहरूले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । आजको आक्रमणलाई इजराइलले अक्टोबर १ तारिखमा इरानले गरेको आक्रमणको जबाफ भनेको छ । अक्टोबर १ मा इरानले एक सय ८० वटाभन्दा बढी मिसाइलले इजरायलमाथि आक्रमण गरेको थियो ।

यसैबीच इजरायलले गरेको धेरैजसो आक्रमण आफ्नो प्रतिरक्षा प्रणालीले निस्तेज पारिदिएको इरानले बताएको छ । इरानको सरकारी समाचार संस्थाले तेहरान, खुजेस्तान र इलामलगायतका ठाउँमा सामान्य क्षति भएको बताएको छ । इजरायल इरानसँगै गजामा हमास र लेबनानमा हिजबुल्लाहसँग लडाइँ गरिरहेको छ । 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया