रोक्का राखेको रूसी सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर सहयोग दिने

 कात्तिक १०, २०८१ शनिबार १८:४१:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

संसारका सबैभन्दा धनी देशहरुको समूह ‘जी’ सेभेनका नेताहरूले रोक्का राखेको रूसी सम्पत्तिबाट भएको नाफाबाट युक्रेनलाई सहयोगस्वरुप ५० अर्ब डलर दिने निर्णय गरेका छन् । सात धनी प्रजातान्त्रिक समूहका नेताहरूले यस वर्षको अन्त्यसम्ममा ऋण वितरण शुरु गर्ने लक्ष्यका साथ झन्डै ५० अर्ब डलर ऋण कसरी वितरण गर्ने भन्ने कुरामा सहमति भएको पनि बताएका छन् ।

युक्रेनको बजेट, सैन्य र पुनर्निर्माणलाई सहयोग गर्न धेरै प्रणालीहरुमार्फत ऋण वितरण गरिने ‘जी’ सेभेनका नेताहरुले निकालेको विज्ञप्तीमा उल्लेख छ । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कले आयोजना गरेको बैठकका लागि यस हप्ता वासिङ्टनमा विश्व वित्तीय नेताहरू भेला भएपछि उनीहरूको घोषणा आएको हो । उनीहरूले रुसलाई आफ्नो युद्ध अन्त्य गर्न र युक्रेनलाई भएको क्षतिको मूल्य तिर्न पनि आह्वान गरेका छन् ।  

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया