भारत सरकारले नै खालिस्तान समर्थक निज्जरको हत्या गरेको बलियो प्रमाण छ : प्रहरी प्रमुख डुहेम

 कात्तिक ११, २०८१ आइतबार ६:२९:१३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

क्यानडाका प्रहरी प्रमुख माइक डुहेमले खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यामा भारत सरकार संलग्न रहेको बलियो प्रमाण देखिएको दाबी गर्नुभएको छ । भारतमा खालिस्तान राज्यको माग गर्ने निज्जरलाई भारतीय खुफिया एजेन्सीले क्यानडामै पुगेर हत्या गरेको प्रसस्तै प्रमाण रहेको प्रहरी प्रमुख डुहेमले बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

क्यानडाको सरकारी समाचार च्यानल सीबीसीलाई दिएको अन्तर्वार्तामा रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) का प्रमुख माइक डुहेमले भन्नुभएको छ, ‘हामीसँग खुफिया जानकारी छैन तर यस मामलामा भारतको भूमिका उच्च स्तरमा छ भन्ने बलियो प्रमाण छ ।’ आफूले उल्लेख गरेका केही प्रमाणहरू न्यायिक प्रक्रियाको क्रममा बाहिर आउने भन्दै माइक डुहेमको भनाइ छ ।

भारतका उच्च स्तरका मानिसहरु क्यानडाको भूमिमा हिंसा र आतङ्कको अभियानमा संलग्न रहेको पनि उहाँको दाबी छ । भारतले अहिलेसम्म क्यानडाका प्रहरी प्रमुख माइक डुहम्सले लगाएको आरोपको जबाफ  दिएको छैन । तर यसअघि यस्ता आरोपको भारतले ठाडै अस्वीकार गर्दै आएको छ ।

निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीचको सम्बन्धमा दरार आएपछि दुवै देशले कुटनीतिज्ञ निकालासम्मका कदम चालिसकेका छन् । भारतसँगको सम्बन्ध विग्रिएपछि लाखौँ भारतीय विद्यार्थी र कामदारलाई लक्षित गरेर क्यानडाले कडा नियमहरु जारी गरिरहेको छ । 

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया