हैटीमा गुण्डाहरुको समूहका कारण हजारौँ जना विस्थापित

 कात्तिक ११, २०८१ आइतबार ९:१५:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

हैटीमा गुण्डाहरुको समूहका कारण हजारौँ जना विस्थापित भएका छन् । राजधानी पोर्ट–ओ–प्रिन्ससहितका सहरमा कतै गुण्डाहरुको समूह र कतै विद्रोही समूहको लुटपाट, अपहरण र धम्कीका कारण हजारौँ मानिस विस्थापित भएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

राजधानीकै कतिपय क्षेत्र गिरोहको कब्जामा रहेकाले अवस्था भयावह रहेको खबरमा उल्लेख छ । ज्यान बचाउने आसामा मानिसहरु अत्यावश्यक सामान बोकेर भागिरहेका छन् । सोलिनो सहरबाट मात्रै पछिल्लो एक हप्तामा २० हजार जनाभन्दा धेरै घर छाडेर भागेका छन् । पहिले अरू क्षेत्रबाट विस्थापित भएर आएकाहरु अहिले पुन विस्थापित हुन बाध्य छन् ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले विगत तीन महिनामा हैटीमा विस्थापितहरूको सात लाख पुगेको जनाएको छ । ‘मैले कति पटक मेरो घर छोडेको छु भनेर म गणना गर्न सक्दिनँ । हरेक पटक म नयाँ क्षेत्रमा आइपुग्छु, फेरि भाग्न बाध्य हुन्छु’, एकजना विस्थापितले भनेका छन् ।

विश्व खाद्य कार्यक्रमले ५४ लाख हैटीबासीहरु चरम भोकमरीबाट पीडित रहेको उल्लेख गरेको छ । विद्रोही र गुण्डाहरुको समूहले राहत वितरणमा पनि अवरोध गर्दै आएका छन् । गएको बिहीवार मानवीय प्रयासमा सहयोग गर्ने संयुक्त राष्ट्रसंघीय हेलिकप्टरमा गोली लागेको थियो । 

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया