काठमाण्डौको कालिमाटीमा हरियो तरकारीको भाउ आज  केही सस्तो

 कात्तिक १२, २०८१ सोमबार १०:५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आज धेरैजसो हरियो तरकारीको भाउ हिजोको तुलनामा केही सस्तो भएको छ ।

आज सबैखाले सागको भाउ हिजो भन्दा आज घटेको छ । मेथीको सागको भाउ किलोमै एक सय २५ रुपैयाँले घटेर ७५ रुपैयाँमा झरेको छ । तोरीको साग किलोमा ३० रुपैयाँले घटेर ४५ रुपैयाँमा झरेको छ ।

पालुगोको भाउ किलोमा २० रुपैयाँले घटेर ७५ रुपैयाँमा झरेको छ । प्रति किलो २० रुपैयाँले घटेर भिण्डी किलोको ६५ र घिउ सिमी किलोको ७५ रुपैयाँमा झरेको कालिमाटी तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ ।

तर आज भेडे खुर्सानीको भाउ किलोमा ७६ रुपैयाँले बढेर २६६ रुपैयाँ पुगेको छ । त्यस्तै तने बोडी किलोमा ३० रुपैयाँले बढेर किलोको एक सय १५ रुपैया पुगेको छ । हरियो डल्लो फर्सी कलोमा २० रुपैयाँले बढेर ७५ रुपैयाँ पुगेको छ । 

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया