पाकिस्तानको एकदिवसीय र टी–२० क्रिकेट टिमका प्रशिक्षक ग्यारी कर्स्टनले राजीनामा दिए

 कात्तिक १२, २०८१ सोमबार १५:१७:३२ | एजेन्सी
unn.prixa.net

तस्वीर : आईसीसी

पाकिस्तानको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक ग्यारी कर्स्टनले पदबाट राजीनामा दिएका छन् । यही वर्षको अप्रिलमा दुई वर्षका लागि पाकिस्तानको सीमित ओभर क्रिकेटका लागि नियुक्त भएका कर्स्टन ६ महिनासम्म पनि टिक्न नसकेका क्रिकेटसम्बन्धी जानकारी दिने क्रिकइन्फोले जनाएको छ ।

कर्स्टनले राजीनामा दिएसँगै टेस्ट टिमका प्रशिक्षकले अस्ट्रेलियासँगको शृङ्खलामा नेतृत्व गर्ने पाकिस्तान क्रिकेट बाेर्ड (पीसीबी) ले जनाएको छ ।

पीसीबीले छनोटको अधिकार खोस्ने निर्णय गरेपछि पीसीबी र प्रशिक्षकबीचको विवाद बढ्दै गएको थियो । कस्टर्नले अस्ट्रेलिया र जिम्बावेसँगको शृङ्खलाका लागि टोली तथा सीमित ओभरको कप्तानका बारेमा आफ्नो भनाइ राख्न इच्छा राखे पनि पीसीबीले वास्ता नगरेको खबरमा उल्लेख छ ।

पहिलो टेस्टमा इङ्गल्यान्डसँगको हारपछि पीसीबीले केही साहसी कदमहरू चालेको थियो । पीसीबीले बाबर आजम, शाहिन अफ्रिदी र नसिम शाहजस्ता खेलाडीलाई दुई वटा टेस्टका लागि टोलीबाट हटाएको थियो । पीसीबीले छनोटको सबै अधिकार नयाँ समितिलाई दिएको थियो ।

पीसीबीले हिजो मात्रै मोहम्मद रिजवानलाई एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ कप्तान बनाउँदै अस्ट्रेलियासँगको शृङ्खलाका लागि टोली घोषणा गरेको छ ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया