चुनावी नतिजालाई सम्मान गर्न आफ्ना समर्थकलाई कमला ह्यारिसको आग्रह

 कात्तिक २२, २०८१ बिहीबार ९:५०:७ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपतिय चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले आफ्ना समर्थकका लागि सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले राष्ट्रपतिमा रिपब्लिकन पार्टीका ट्रम्पको जीत स्वीकार गर्न आग्रह गर्नुभएको छ ।

चुनावी नतिजापछि हिजो वाङ्गिटन डीसीको हावर्ड विश्वविद्यालयमा भएको सम्बोधनमा उहाँले आफ्नो आदर्शका लागि कहिल्यै हार नखान समर्थकलाई अपिल गर्नुभएको बीबीसीले जनाएको छ ।

उहाँले अब शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुनुपर्ने बताउनुभयो । चुनावमा हार भए पनि आफूले उठाएका मुद्दाका लागि निरन्तर खबरदारी र सङ्घर्ष गरिरहने उहाँको प्रतिबद्धता छ । ह्यारिसले यसका लागि अभियान नै चलाउने घोषणा गर्नुभएको छ ।

ह्यारिसले श्रमिक परिवारका लागि खाद्यान्न र आवासको व्यवस्था, समान प्रजनन अधिकार सुनिश्चित गर्ने, रुससँगको युद्धमा युक्रेनलाई निरन्तर सहयोगलगायतका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभएको खबरमा उल्लेख छ । 
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया