नारायणगढ–बुटवल सडक खण्डको काम चाँडो सक्न ३ जिल्लाका जनप्रतिनिधिले दबाब दिने

 कात्तिक २८, २०८१ बुधबार १५:१९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नारायणगढ–बुटवल सडक खण्डको विस्तारमा ढिलाइ भएपछि पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र रुपन्देहीका जनप्रतिनिधिले संयुक्त रूपमा दबाब सिर्जना गर्ने भएका छन् ।

बर्दघाट नगरपालिकामा सम्पन्न जनप्रतिनिधिहरूको भेलाले तीन वटै जिल्लाका जनप्रतिनिधिबाट संयुक्त रूपमा भोलि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने सहित दबाबका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

छलफलमा सडक आयोजनाको पश्चिम खण्डका आयोजना प्रमुख शशाङ्क मिश्रले ठेकेदारले आर्थिक अभावका कारण भन्दै काम गर्न ढिलाइ गरेको बताउनुभएको जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादवले जानकारी दिनुभयो । ठेकेदारलाई ठेक्का तोड्नु अगाडिको प्रक्रियागत रूपमा दिनुपर्ने अन्तिम चेतावनी स्वरूप एनटीसी जारी भइसकेको बताउँदै मिश्रले याे समय अवधिभित्र तोके अनुरूप काम नभए ठेक्का तोड्नुपर्ने बताउनुभयो ।

बुटवल–नारायणगढ सडक खण्डको अहिलेसम्म ५४ प्रतिशत मात्र काम भएको छ । दुम्कीबासदेखि बर्दघाटसम्मको १४ किलोमिटर दाउन्ने खण्ड अहिले सबैभन्दा जोखिमपूर्ण सडक बनेको छ । त्यहाँ दुईदेखि तीन फिटसम्म खाल्टाखुल्टी छन् जसले गर्दा दैनिकजसो गाडी बिग्रने र दुर्घटनामा पर्ने गरेका छन् ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया