शेयर बजार सामान्य बढ्यो, विकास बैंक समूह भने राताम्मे
पुस ११, २०८१ बिहिबार
कास्की – कास्कीको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन शुरू गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन शुरू भएको हो ।
२५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवर्द्धक कम्पनीका कार्यकारी अध्यक्ष जगबहादुर पोखरेलले बताउनुभयो ।
आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा रहेको प्राधिकरणको सबस्टेशनमा जोडिएको छ । आयोजनामा पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ ।
सार्दिखोलाको भराभरीमा रहेको सेती नदीमा बाँध निर्माण गरी ६ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावर हाउसमा त्यसलाई खसालेर बिजुली उत्पादन गरिएको हो । आयोजना जलप्रवाहमा आधारित छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।