हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैनः प्रचण्ड

 चैत ३०, २०८१ शनिबार १७:५२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा आफूलाई भनिरहँदा पार्टी निकट नेता/कार्यकर्ताहरुले प्रतिवाद नगरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले १७ हजार मानिसहरु युद्धको नियमानुसार मारिएको बताउनुभयो । उहाँले त्यसबेला राज्य पक्षले कति र विद्रोही पक्ष (तत्कालीन माओवादी) ले कति हत्या ग¥यो भन्ने कुरा अध्ययन गर्न सकिने बताउनुभयो ।

उहाँले बिना अध्ययन आफूमाथि आरोप लगाइएको भन्दै आपत्ति जनाउनुभयो । साथै १७ हजार मानिस प्रचण्डले मारेको भन्ने आरोपको खण्डन गर्दै आफूले अहिलेसम्म एक जनालाई पनि नपिटेको बताउनुभयो । उहाँले तत्कालीन युद्धको नेतृत्व आफूले गरेको र शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा लिएको बताउनुभयो ।

प्रचण्डले सबै नेताहरु उस्तै हुन् भन्ने भाष्य बनाइएको भन्दै आपत्ति समेत जनाउनुभयो । लोकतन्त्रलाई नेतातन्त्र भनेकोप्रति पनि उहाँको असन्तुष्टि छ । उहाँले यसको फाइदा निरंकुश र तानाशाहीलाई भइरहेको बताउनुभयो । 

अन्तिम अपडेट: चैत ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया