हेटौँडामा चार महिनामा नौ करोड ५२ लाख रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

 मंसिर २१, २०८१ शुक्रबार १२:१४:५४ | रासस
unn.prixa.net

काठमाण्डौ – हेटौँडा दूध वितरण आयोजनाले चालू आर्थिक वर्षको चार महिनामा नौ करोड ५२ लाख रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ ।

गएको आर्थिक वर्षको यही अवधिको तुलनामा यो दुई करोड ४० लाख रुपैयाँले बढी हो । कार्यालय प्रमुख राजीव खनालका अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनदेखि कात्तिकसम्ममा नौ करोड ५२ लाख रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को अवधिमा सात करोड १२ लाख मूल्य बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो । बजारको मागभन्दा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन बढी भएकाले आयोजना कार्यालयलाई भण्डारणमा समस्या भएको छ । दूध खरिद गरेअनुसारको बजारमा दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानलाई चार महिनादेखि दूधको भुक्तानी दिन नसकेको कार्यालय प्रमुख खनालले बताउनुभयो ।

कार्यालयले मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसानबाट दूध खरिद गर्दै आएको छ ।

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया