दाङमा धान धेरै फलाउने ३ जना किसानलाई सम्मान

 मंसिर २२, २०८१ शनिबार ९:१८:१३ | रासस
unn.prixa.net

फाइल फाेटाे

दाङ – दाङको राप्ती गाउँपालिकाले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने तीन जना किसानलाई सम्मान तथा पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा वडा नम्बर ४ नयाँगाउँका खगेन्द्रबहादुर मल्ल पहिलो, वडा नम्बर ७ भानपुरका राजकुमार चौधरी दोस्रो र वडा नम्बर ६ बगरापुरका हरिचन्द्र चौधरी तेस्रो हुनुभएको छ ।

पालिकाका कृषि विकास शाखा प्रमुख बरसाती गडरियाले प्रतियोगितामा पहिलो हुनेलाई १२ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई आठ हजार रुपैयाँ नगदसहित एक/एक वटा कृषि औजार फरुवा दिएर सम्मान गरिएको बताउनुभयो ।

प्रक्रिया पुर्‍याएर आवेदन दिएका १६ जना किसानबीच प्रतिस्पर्धा भएको थियो । पालिकाले कार्यविधि नै बनाएर प्रतियोगितामार्फत छनोट भएका किसानलाई सम्मान गरेको हो ।

कृषि पेशालाई मर्यादित बनाउन र कृषि पेशाप्रति आकर्षण बढाउन प्रतियोगिता सञ्चालन गरेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया