खोटाङमा रूखले किचेर एक जनाको ज्यान गयो

 मंसिर २५, २०८१ मंगलबार ९:३१:२९ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

खोटाङ – खोटाङमा काठ काट्ने क्रममा रूखले किचेर एक जनाको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका ढाडगाउँका १८ वर्षीय मिलन दमाईंको ज्यान गएको हो ।

रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको नीजि वनमा रहेको रूखबाट गोलिया काठ काट्ने क्रममा सुकेको रूख ढलेर किच्दा  मिलनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

खार्पामा रहेको भडाँरेमा एक हप्ता अघिदेखि गोलिया काठ निकासीका लागि निजी वनका रूख काट्ने काम भइरहेको स्थानीयले बताएका छन् । निजी वनका रूख काटेर ठेकेदारले तराईका विभिन्न जिल्लामा गोलिया काठ निकासी गरिरहेका छन् ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया