महोत्तरीसहित मधेशमा हुस्सु र चिसोको कहर

 मंसिर २५, २०८१ मंगलबार ११:५५:२६ | रासस
unn.prixa.net

महोत्तरी – लगातार चिसो सिरेटो चलेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेशमा जाडो बढेको छ । मङ्सिरको अन्तिम हप्ता शुरू भएसँगै मौसम चिसिँदै गएपछि मधेशको जनजीवन कष्टकर बन्दै गएको हो ।

जाडोले बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी बढी प्रभावित बनेका छन् । खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनुपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुदीप ठाकुर बताउनु भयो ।

धमाधम खेतीपाती लगाउने बेला जाडो बढेपछि किसानले काम अघि बढाउन सकेका छैनन् । गहुँ छर्ने अन्तिम तयारी गर्नुपर्ने, उखु कटानको काम धमाधम गर्नुपर्ने , हिउँदेबाली लगाउन भ्याइनभ्याइ पर्ने बेला चिसोका कारण हातगोडा कठ्याङ्ग्रिएर घरबाट निस्कन नसकेको बर्दिबास–१३ का ठकाइ महतोले बताउनुभयो ।

महोत्तरीसहितका मधेशमा हुस्सु र चिसोको कहर छ । पुस पहिलो हप्तापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मङ्सिरदेखि नै डम्म लाग्ने गरेको स्थानीयवासीले बताएका छन् ।

अन्तिम अपडेट: चैत २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया