काठमाण्डाैले लुम्बिनीलाई १ सय ४ रनकाे लक्ष्य दियाे

 मंसिर २६, २०८१ बुधबार १४:३३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डाै गुर्खाजले लुम्बिनी लायन्सलाई १ सय ४ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे काठमाण्डाै १९ ओभर २ बलमा १ सय ३ रनमा अलआउट भयाे । काठमाण्डाैका भीम सार्कीले ३१ रन बनाए । लुम्बिनीका साद बिन जफरले ३ विकेट लिए ।

लुम्बिनी ५ खेलमा २ अङ्कसहित तालिकाकाे पाँचाैं स्थानमा छ । काठमाण्डाै ३ खेलमा २ अङ्कसहित छैटाैं स्थानमा छ ।

एनपीएलमा आज भएकाे पहिलाे खेलमा सुदूरपश्चिम राेयल्सले जनकपुर बाेल्ट्सलाई ७२ रनले हराएकाे छ । याेसँगै जनकपुरकाे चार खेलकाे अपराजित यात्रा टुङ्गिएकाे छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया