‘ब्राजिलले जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने’

 मंसिर १५, २०७५ शनिबार १९:४५:१३ | रासस
unn.prixa.net

ब्राजिलको राष्ट्रपतिमा निर्वाचित बनेका जाइर बोल्सोनारोले आफ्नो देशको कृषि व्यवसाय क्षेत्रलाई प्रभावित पार्ने कुनै पनि जलवायु सम्झौतामा आफूले हस्ताक्षर नगर्ने बताउनुभएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले केही दिन पहिले ब्राजिल संस्थापक सदस्य रहेको दक्षिण अमेरिकी व्यापार समूह मर्कोसर र यूरोपेली संघ (इयू) बीच व्यापार सम्झौताका लागि ब्राजिलको पेरिस जलवायु सम्झौताबारेको अडानका कारण शर्तहरू रहनसक्ने भन्ने भनाइप्रति प्रतिवाद गर्दै बोल्सोनारोले कृषि व्यवसाय क्षेत्रलाई प्रभावित पार्ने कुनै पनि जलवायु सम्झौतामा ब्राजिल हस्ताक्षर नगर्ने बताउनुभएको हो ।

फ्रान्सका राष्ट्रपतिले आफ्ना श्रमिक तथा किसानहरूलाई उनीहरूको उत्पादन बानीलाई पर्यावरणीय परिवर्तन अनुसार रूपान्तरण गर्न लगाउन नसक्ने र यसो गर्न नसक्ने राष्ट्रसँग व्यापार सम्झौतामा हस्ताक्षर गर्न नसक्ने बताउनुभएको थियो ।

यसको अर्थ व्यापार सम्झौतामा असन्तुलन भएको बुझिने उहाँले बताउनुभएको थियो । वातावरणसम्बन्धी मुद्दामा हालका ब्राजिलियाली अधिकारीसँग फरक रहेका बोल्सोनारोले आफ्नो देशलाई पेरिस जलवायु सम्झौताबाट पछि हटाउने सोच रहेको बताइन्छ ।

उहाँले आगामी वर्ष अर्थात् सन् २०१९ मा संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सम्मेलनको आयोजक राष्ट्रहरूको नामबाट ब्राजिललाई हटाउन आग्रह गर्नुभएको समाचारहरू पनि आएका छन् ।

बोल्सोनारोले भन्नुभयो, ‘म्याक्रोनले फ्रान्सको पक्षमा वकालत गर्दै आउनुभएको छ । फ्रान्सको कृषि व्यवसाय पनि मजबुत भएको र मर्कोसुर र यूरोपियन यूनियनबीचको सम्झौता फ्रान्सको हितविपरित हुने निष्कर्षका साथ फ्रान्स सम्झौताको विपक्षमा देखिएको छ ।’

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया