एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – मधेशी आयोगले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सप्रति लक्ष्य गर्दै अभद्र र अपमानित हुने खालका नारा जुलुस लगाउनेहरूमाथि कारबाही गर्न सरकारलाई सिफारिश गरेको छ ।
आयोगले एनपीएलको क्वालिफायर–२ अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलमा एउटा उद्दण्ड र अराजक समूहले जनकपुर बोल्ट्सप्रति नश्लीय र साम्प्रदायिक व्यवहार देखाएको भन्दै कारबाहीको सिफारिश गरेको हो । उद्दण्ड र अभद्र व्यवहार देखाउने व्यक्तिहरूलाई तुरुन्त कानूनी रूपमा दण्डित गर्न र संवेदनशील हुन आयोगले अपिल गरेको छ ।
यसैबीच सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सको खेलपछि मधेशी समुदायका खेल समर्थकहरूलाई नश्लीय व्यवहार गरेको भन्दै जनमत पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रंगभेदी क्रियाकलापमा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही गर्न पनि जनमत पार्टीले गृह प्रशासनसँग माग गरेको छ ।
यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि जनकपुर बोल्ट्सका समर्थकप्रति नश्लीय र साम्प्रदायिक व्यवहार गर्नेहरूलाई तत्काल कारबाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले यी हरकतहरू कुनै पनि बहानामा स्वीकार्य नहुने बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।