मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयातको परीक्षण सुरुआत

 पुष १३, २०८१ शनिबार १४:४४:३१ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – भारतको मोतिहारीबाट बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोल र मट्टितेलको आयात गर्न परीक्षण सुरुआत भएको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिनुभयो ।

पाइपलाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइपलाइनबाटै पेट्रोल पाँच हजार पाँच सय किलोलिटर र एक हजार किलोलिटर मट्टितेल ल्याएको उहाँले बताउनुभयो ।

जनवरी १ तारिख अर्थात आउँदो बुधवारदेखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने तयारी गरे पनि केही दिन ढिला हुने भएको छ ।

पाइलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्ज डिपोमा चार हजार एक सय किलो लिटर क्षमताका दुई वटा पेट्रोल ट्याङ्क, दुई सय ५ं० किलोलिटर क्षमताका दुई वटा ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरेको प्रमुख आचार्यले बताउनुभयो ।

परियोजनाअन्तर्गत आगलागी नियन्त्रण प्रणालीको स्तरोन्नति, पानी र तेल छुट्याउने प्रणाली तथा निगरानी कक्षसमेत निर्माण भएको छ ।

परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भएर २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ । परियोजनाको दोस्रो चरणको सकिएपछि पाइपलाइनबाटै पेट्रोल र मट्टितेलकोसमेत आयात हुने छ ।

मेतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुदाँ प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडासमेत बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यको भनाइ छ । 

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया