माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू

 पुष २१, २०८१ आइतबार १४:२५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुरू भएको छ । काठमाण्डौको धुम्बाराहीमा शुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

बैठकमा चार सय नौ जना पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच जना वैकल्पिक केन्द्रीय सदस्य, तीन वटा आयोगबाट ७५ जना तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० वटा प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको सहभागिता छ ।

केन्द्रीय समितिको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पार्टीको जातीय क्षेत्रीय मोर्चाहरूलाई सक्रिय पार्ने प्रस्ताव गर्नुभएको छ । पहिचानका मुद्दा ओझेलमा पर्दै गएकाले यस्ता मुद्दालाई मूलधारमा ल्याउन जातीय र क्षेत्रीय मोर्चा ब्युँताउने प्रचण्डको भनाइ छ ।

यस्तै प्रचण्डले पार्टीभित्र व्यक्तिवादी अराजकता मौलाएको र यसले पार्टी नेतृत्वलाई अप्ठ्यारो परिरहेको पनि बताउनुभएको छ । केही नेता तथा कार्यकर्ता चन्दा र कमिसनमा रमाइरहेका भन्दै उहाँले उनीहरूलाई उत्पादन र श्रममा फर्काउनुपर्ने उल्लेख गर्नुभएको छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया