अध्यादेश 'फास्ट ट्र्याक' बाट पारित गर्ने सरकारकाे निर्णय

 माघ १५, २०८१ मंगलबार १८:०:१० | रासस
unn.prixa.net

तस्वीर : प्रधानमन्त्रीकाे सचिवालय

काठमाण्डाै – सरकारले भर्खरै जारी गरेको अध्यादेश 'फास्ट ट्र्याक' बाट पारित गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले आउँदाे शुक्रवार माघ १८ गतेदेखि शुरू हुने संसद्को हिउँदे अधिवेशनमा फास्ट ट्र्याकबाट अध्यादेश पारित गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

मन्त्री गुरुङले राष्ट्रपतिबाट जारी भएको अध्यादेश संसद् सचिवालयमा दर्ता भएको र अध्यादेश कार्यान्वयन गर्न नियमावली बनाउने निर्णय गरेको बताउनुभयाे । आवश्यकताका आधारमा अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको उल्लेख गर्दै उहाँले सुशासन प्रवर्द्धन र अर्थतन्त्रका समस्या समाधान गर्न अध्यादेश जारी गरेको स्पष्ट गर्नुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाउने निर्णय पनि गरेकाे छ ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया