कोकाकोलाले युरोपका विभिन्न देशबाट आफ्ना केही उत्पादन फिर्ता लियो

 माघ १५, २०८१ मंगलबार १८:२५:९ | एजेन्सी
unn.prixa.net

साङ्केतिक तस्वीर

कोकाकोलाले बेल्जियम, लक्जमबर्ग र नेदरल्यान्ड्सबाट आफ्ना केही उत्पादन फिर्ता लिएको जनाएको छ ।

क्लोरेट नामको रसायन उच्च मात्रामा पाइएकोले केही उत्पादन फिर्ता लिएको कम्पनीले निकालेको विज्ञप्तिलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तर कम्पनीले विज्ञप्तिमा ती उत्पादन असाध्यै कम जोखिम रहेको पनि दाबी गरेको छ ।

कोकाकोलाको अन्तर्राष्ट्रिय बोटलिङ र वितरण निकायको बेल्जियम शाखाका अनुसार कोक, फ्यान्टा, स्प्राइट, ट्रोपिको र मिनेट मेड ब्रान्डका पेय पदार्थहरू फिर्ता लिइएको हो । ती सबै क्यानमा राखिएका उत्पादन हुन् ।

पानी प्रशोधन र खाद्य उत्पादनमा क्लोरिनमा आधारित कीटाणुनाशकको प्रयोग गर्दा क्लोरेट भन्ने रसायन उत्पादन हुन्छ । क्लोरेटको उच्च मात्रायुक्त खानेकुरा खाँदा बालबालिकालाई थाइराइड समस्या हुन सक्छ ।

यस्तै क्लोरेटको उच्च प्रयोगले वाकवाकी लाग्ने, पखाला लाग्ने र शरीरले अक्सिजन सोस्न सक्ने क्षमतामा कमी आउने लगायत समस्याको जोखिम रहेको बेलायती पोषणविद् क्यारन ग्राजेटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया