विपद् व्यवस्थापन गर्न बाँकेका आठ पालिकाबीच सहकार्य
फागुन २६, २०८१ सोमबार
काठमाडौं – सरकारले कर्मचारीहरुका लागि ‘योगदानमा आधारित निवृत्तिभरण कोष’को छुट्टै व्यवस्था गर्ने भएको छ ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नयाँ भर्ना हुने कर्मचारीका लागि सरकारले ‘योगदानमा आधारित निवृत्तिभरण कोष’को छुट्टै व्यवस्था गर्न लागिएको जानकारी दिनु भएको हो ।
मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले वित्तीय प्रणालीलाई व्यवस्थित बनाउन र देशमा अनावश्यक वित्तीय भार हुन नदिन पनि सरकारले नयाँ कर्मचारीहरुका लागि पेन्सन बराबरको आर्थिक सहायता उपलब्ध गराउन योगदानमा आधारित निवृत्तभरण कोषको व्यवस्था गर्न लागिएको स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री खतिवडाले योगदानमा आधारित निवृत्तभरण कोषको व्यवस्था गर्न सरकारले संघीय संसदमा ‘निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गर्नु परेको पनि स्पष्ट पार्नुभयो । अर्थ समितिको मंगलबारको बैठकमा सोही विधेयकमाथिको छलफल सुरु भएको छ । अर्थमन्त्री खतिवडाले सो विधेयकमा सेवा निवृत्त भएका कर्मचारीहरुले आर्थिक सहायता पाउने सुनिश्चितता गरेको दाबी समेत गर्नुभयो ।
अर्थमन्त्री अतिवडाले सामाजिक सुरक्षा प्रणालीलाई दिगो, भरपर्दो र चीरस्थायी बनाउन पनि सो कोषको आवश्यक्ता पर्न गएको पनि बताउनु भयो । बैठकमा समितिका सदस्य प्रेम सुवालले गरिव पृष्ठभूमिबाट आएका कर्मचारीलाई अरु कर्मचारीको भन्दाबढि निवृत्तिभरणको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
उहाँले सरकारले मजदुर र किसानलाई पनि निवृत्तभरण दिने गरी कानुनी व्यवस्था गर्न नसकेकोमा असन्तुष्टि पनि व्यक्त गर्नु भयो । समितिका सदस्यहरुले कर्मचारीहरुको सेवा र सुविधाको उचित व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।