पुस महिनामा देशभरबाट हराएकामध्ये ३ हजार १ सय ६ जना बालबालि...
माघ २३, २०८१ बुधबार
पर्सा – पर्साको वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखीको प्रशोधित तेल निर्यात बढेको छ । चालू आर्थिक वर्षको ६ महिनामा झन्डै १२ अर्ब रुपैयाँको भटमास र तीन अर्ब रुपैयाँभन्दा धेरैको सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ ।
भटमासको तेल ११ अर्ब ९९ करोड १८ लाख रुपैयाँको पाँच करोड ६० लाख ६६ हजार लिटर निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले बताउनुभयो । गएको वर्ष ६ महिनाको अवधिमा तीन करोड ११ लाख रुपैयाँको एक लाख एक हजार तीन सय एक लिटर भटमासको प्रशोधित तेल निर्यात भएको थियो ।
चालू आर्थिक वर्षको ६ महिनामा तीन अर्ब २१ करोड ९१ लाख रुपैयाँको दुई करोड २८ लाख ४५ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । गएको वर्ष ६ महिनामा नौ करोड ९४ लाख १० हजार रुपैयाँ बराबरको सूर्यमुखीको तेल निर्यात भएको कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।