नेप्सेसँगै कारोबार रकम पनि घट्यो
फागुन १, २०८१ बिहिबार
नवलपरासी – विश्व रेडियो दिवसको अवसरमा पश्चिम नवलपरासीको सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले सडक दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । दिवसको अवसरमा जिल्ला ट्राफिक कार्यालय र स्वास्थ्य कार्यालय नवलपरासीको सहकार्यमा आज सचेतना कार्यक्रम गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भेषराज शर्माको अध्यक्षता र रामग्राम नगरपालिकाका मेयर धनपत यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मेयर यादवले नगरभित्र ट्राफिक व्यवस्थापन गर्न सबै पक्षसँग सहकार्य गरेको बताउनुभयो ।
कार्यक्रममा सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मीले रेडियोले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सचेतना जागृत गरेको बताउनुभयो । कार्यक्रममा ट्राफिक सचेतनाका झन्डै दुई हजार वटा स्टिकर वितरण गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।