रुस–युक्रेन युद्धबारे साउदीमा वार्ता गर्ने अमेरिकाको तयारी, निम्तो नआएको जेलेन्स्कीकाे भनाइ

 फागुन ४, २०८१ आइतबार १८:२३:३६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रुस–युक्रेन युद्ध अन्त्यका लागि रुसी अधिकारीहरूसँग साउदी अरबमा वार्ता गर्ने भएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले साउदी अरबमा रुसी अधिकारीहरूसँग भेट्ने योजना बनाएकाे बताउनुभएको बीबीसीले जनाएको छ । वार्तामा रुबियोसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफ पनि सहभागी हुने बीबीसीको खबरमा उल्लेख छ ।

युक्रेनका लागि अमेरिकी विशेष दूत किथ केलोगले वार्तामा अमेरिका, रुस र युक्रेन सहभागी हुने बताउनुभएको छ । तर युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने साउदी अरबमा हुने भनिएको वार्ताका लागि युक्रेनलाई निमन्त्रणा नगरिएको बताउनुभएको छ ।

यसैबीच युरोपेली नेताहरूले युरोपसँग सल्लाह नगरी अमेरिका–रुसबीच शान्ति वार्ता अगाडि बढिरहेको भन्दै आपत्ति जनाएका बीबीसीले जनाएको छ । यसबारेमा छलफल गर्न युरोपेली नेताहरू अर्को हप्ता फ्रान्सको पेरिसमा भेला हुँदैछन् ।

अमेरिकी विदेशमन्त्री रुबियोले हिजो रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग कुराकानी गर्नुभएको थियो । त्यसपछि साउदी असरमा वार्ता गर्ने कार्यक्रम बनेको हो ।

अन्तिम अपडेट: फागुन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया