आगलागीका कारण युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल बन्द

 चैत ८, २०८१ शुक्रबार १८:३१:४० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आगलागीका कारण युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल आज बन्द भएको छ । हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको विद्युतीय सबस्टेसनमा भीषण आगलागी भएपछि विमानस्थल बन्द गर्नुपरेको हो ।

बीबीसीका अनुसार कम्तीमा पनि एक हजार तीन सय ५१ उडान प्रभावित भएका छन् । १५ वर्षमा पहिलोपल्ट हिथ्रो विमानस्थल पूर्ण रूपमा बन्द भएको हो । यसअघि सन् २०१० मा ज्वालामुखी विस्फोटका कारण विमानस्थल बन्द गरिएको थियो ।

हिलिङडन शहरको हेसको सबस्टेशनमा आगो लागेका कारण चार हजार नौ सयभन्दा धेरै घरमा बिजुलीको आपूर्ति रोकिएको छ । सबस्टेसन वरपरबाट एक सय ५० जनाको उद्धार गरिएको छ । आगलागीको कारण खुलेको छैन ।

अन्तिम अपडेट: चैत ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया