चन्द्रागिरीको केउरानी सामुदायिक वनमा लागेको आगो निभाउने प्रयास जारी

 चैत ८, २०८१ शुक्रबार १८:२६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – चन्द्रागिरी नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आज बिहानदेखि जंगलमा आगलागी सुरु भएको हो ।

आगलागी भएको जानकारी पाउनासाथ निभाउन सुरक्षाकर्मी परिचालन भएपनि अहिलेसम्म निभाउन नसकेको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताउनुभयो । वनको विभिन्न ठाउँमा आगो लागेको छ ।

यस्तै पछिल्लो एक महिनामा देशभर पाँच सय एक वटा आगलागीका घटना भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । विभिन्न क्षेत्रमा लागेको आगलागीबाट छ जनाको ज्यान गएको तथ्याङ्क छ ।

अन्तिम अपडेट: चैत ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया