न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

 चैत ८, २०८१ शुक्रबार १८:१५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।

काठमाण्डौमा आज भएको पत्रकार सम्मेलनमा विभागका प्रवक्ता मणिनाथ गोपले कतिपय प्रतिष्ठानले सरकारले तोकेकोे न्युनतम पारिश्रमिक श्रमिकलाई नदिएको गुनासो आएको बताउनुभयो । सरकारले २०८० साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्युनतम मासिक पारिश्रमिक १७ हजार तीन सय रुपैयाँ तोकेको थियो ।

त्यस्तै सरकार चिया बगान क्षेत्रमा काम गर्ने श्रमिकहरुको न्युनतम मासिक पारिश्रमिक महंगी भत्तासहित १३ हजार आठ सय ९३ तोकेको थियो । विभागले सबै रोजगारदाता तथा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन समेत अनुरोध गरेको छ ।

अन्तिम अपडेट: चैत ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया