संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा बर्दियाको ठाकु...
चैत ८, २०८१ शुक्रबार
काठमाण्डौ – गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामग्रीसहित हरेक पालिकामा आपत्कालीन गोदामको व्यवस्थापन गर्ने भएको छ ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको विषयगत समितिको बैठकले विपद् जोखिम न्यूनीकरण कार्यलाई प्रभावकारी बनाउन जोखिमको नक्साङ्कन, सुरक्षित बासस्थान निर्माण, पूर्वतयारी, प्रतिकार्य, पुर्नलाभ, पुनःस्थापनाका कार्य राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वायत्मक रूपमा काम गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकमा नगर प्रहरीको क्षमता विकासमा मागअनुसार नेपाल प्रहरीले सहयोग गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव रामचन्द्र तिवारीले जानकारी दिनुभयो । यस्तै पछिल्लो समय बढ्दै गएको लागुऔषध दुर्व्यसन, आत्महत्या, सडक दुर्घटना, साइबर अपराधलगायत सुरक्षा चुनौतीको न्यूनीकरण गर्दै नागरिकको जिउधन र सम्पत्तिको सुरक्षा गर्न नीति कार्यक्रम तथा पूर्वाधार निर्माणमा सहकार्यलाई थप सुदृढ बनाइने निर्णय भएको छ ।
प्रहरी समायोजन कार्यलाई निष्कर्षमा पुर्याउन आवश्यक कानून परिमार्जन तथा व्यवस्थापकीय तयारी कार्यलाई गृह मन्त्रालयले प्रदेश सरकारसँग समन्वय गरी अगाडि बढाउने निर्णय भएको गृह मन्त्रायलले जनाएको छ । बैठकमा गृहमन्त्री लेखकले प्रादेशिक आपत्कालीन गोदामहरू प्रदेश सरकारलाई हस्तान्तरण थालिएको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।