आज राति कोशी र मधेश प्रदेशमा हल्का वर्षाको सम्भावना

 चैत ८, २०८१ शुक्रबार १७:५८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – अहिले गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । आज राति कोशी र मधेश प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ । पहाडी एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो । भोलि देशका विभिन्न ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि काठमाण्डौ उपत्यकामा पनि पानी पर्न सक्ने अनुमान छ । पर्सि आइतवार बेलुकासम्म मौसम बदली हुने सम्भावना छ ।

अन्तिम अपडेट: चैत ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया