अफगानिस्तानको सीमाबाट पाकिस्तान प्रवेश गर्न खोज्ने ५४ जना मारि...
बैशाख १५, २०८२ सोमबार
बेलायती प्रधानमन्त्री किअर स्टार्मरले युक्रेनलाई सुरक्षा नदिए रुसले कुनै पनि बेला युद्ध विराम उल्लङ्घन गर्ने आशङ्का व्यक्त गर्नुभएको छ ।
उहाँले युक्रेनलाई सुरक्षित नबनाए रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै पनि समय युद्ध विराम भङ्ग गर्न सक्ने आशङ्का व्यक्त गर्नुभएको हो । उहाँले रुस र युक्रेनको बीचमा भइरहेको युद्ध रोक्न शान्ति सम्झौता गरेर पूर्ण रूपमा कार्यान्वयन गर्दै सुरक्षाको ग्यारेन्टी हुनुपर्नेमा जोड दिनुभएको हो ।
बेलायतमा २० भन्दा बढी देशका प्रतिनिधि भेला भएर युक्रेनको सुरक्षाका लागि सेना तयार गर्न गरेको छलफलमा स्टार्मरले यस्तो बताउनुभएको बीबीसीले जनाएको छ ।
युद्ध विराम उल्लङ्घन गरेमा आफूलाईसमेत अप्ठेरो पर्ने कुरा रुसले महसूस गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।
बेलायतमा अहिले भइरहेको सैन्य छलफल युक्रेनलाई कसरी सीमा, आकाश र समुद्रमा नै सुरक्षित राख्ने भन्ने विषयमा केन्द्रित भएको स्टार्मरको भनाइ छ । बेलायतले यसअघिदेखि युक्रेनमा सेना पठाउन सक्ने बताउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।