टिकटकले ल्यायो नयाँ सुरक्षा जाँच प्रविधि : साइबर आक्रमणबाट जोगिन सहयोग पुग्ने

 चैत १०, २०८१ आइतबार ६:३१:३९ | एजेन्सी
unn.prixa.net

भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल अर्थात् सुरक्षा जाँच प्रविधिको घोषणा गरेको छ । यो ‘सेन्ट्रलाइज्ड ड्यासबोर्ड’ प्रयोगकर्तालाई आफ्नो खातालाई सजिलै सुरक्षित गर्न मद्दत गर्न डिजाइन गरिएको हो ।

यो उपकरण एपमा रहेको ‘सुरक्षा र अनुमति’ विकल्पअन्तर्गत ‘सेटिङ्स र गोपनीयता’ खण्डमा फेला पार्न सकिन्छ । यसले विभिन्न सुरक्षा विकल्पहरू प्रदान गर्छ । जस्तै तपाईंको खातालाई फोन नम्बर वा इमेल ठेगानामा लिङ्क गर्ने, तपाईंसँग लग इन गर्ने ब्याकअप विधि सुनिश्चित गर्न दुई–कारक प्रमाणीकरण गर्ने र अनुहार पहिचान वा फिङ्गरप्रिन्ट जस्ता बायोमेट्रिक प्रमाणीकरण लगइन विकल्प प्रदान गर्छ ।

सुरक्षा चेकअप टुलले खातासँग सम्बन्धित उपकरण हेर्ने कुनै पनि अज्ञात वा अब प्रयोगमा नरहेको यन्त्रमा पहुँच रद्द गर्ने, खातामा हुने कुनै पनि शङ्कास्पद गतिविधिको निगरानी गर्ने र उपयुक्त कारबाही गर्न प्रयोगकर्तालाई सचेत गर्छ । साइबर आक्रमणहरू बढ्दै गएको बेला टिकटकले सुरक्षा मापदण्ड बढाउने प्रयास गरेको जनाएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया