क्यानडामा मध्यावधि चुनाव घोषणा
चैत ११, २०८१ सोमबार
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले विजयी शुरुआत गरेको छ । १८ औँ संस्करणको उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स (केकेआर) लाई सात विकेटले हराउँदै बेङ्गलुरुले विजयी शुरुआत गरेको हो ।
कोलकाताको घरेलु मैदानमा हिजो भएको पहिलो खेलमा एक सय ७५ रनको लक्ष्य बेङ्गलुरुले १६ ओभर दुई बलमा तीन विकेट विकेट गुमाएर भेट्टायो । आरसीबीका विराट कोहलीले अविजित सर्वाधिक ५९ रन बनाए । फिल साल्टले ५६ रन जोडे । कप्तान रजत पाटीदार ३४ रनमा आउट भए । कोलकाताका बैभव अरोरा, वरुण चक्रवर्ती र सुनिल नारायणले समान एक विकेट लिए ।
त्यसअघि इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ७४ रन बनायो । कोलकाताका कप्तान अजिक्या राहाणेले सर्वाधिक ५६ रन बनाए । सुनिल नारायण ४४ रनमा आउट भए । बेंङ्गलुरुका कु्रनाण पाण्ड्याले तीन, जोस हेजलवुडले दुई तथा यश दयाल, रसिक सलाम र सुयस शर्माले समान एक विकेट लिए ।
१८ औँ संस्करणको आईपीएल क्रिकेट हिजोदेखि शुरु भएको हो । आज दुई वटा खेल हुँदैछन् । सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीचको खेल दिउँसो पौने ४ बजे हैदरावादमा र चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीचको खेल बेलुका पौने ८ बजे चेन्नईमा हुनेछ । आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।