अमेरिकामा मतदानसम्बन्धी नियम परिवर्तन, मतदाता दर्ताका लागि नागरिकताकाे प्रमाण अनिवार्य

 चैत १३, २०८१ बुधबार १८:३६:१५ | एजेन्सी
unn.prixa.net

फाइल तस्वीर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदानसम्बन्धी नियममा परिवर्तन गर्दै मतदाता दर्ताका लागि नागरिकताको प्रमाण अनिवार्य गर्नुभएको छ । ट्रम्पले हस्ताक्षर गर्नुभएको कार्यकारी आदेशले चुनावमा हुनसक्ने धाँधली रोक्ने आशा छ ।

ट्रम्प प्रशासनका अधिकारीहरूका अनुसार यो कदम मतदाता सूचीमा गैरकानूनी रूपमा समावेश अप्रवासीहरूलाई नियन्त्रण गर्न लक्षित छ । ट्रम्पले सन् २०२० को राष्ट्रपतीय चुनावमा आफ्नो हारको कारण फर्जी मतदान रहेको बताउनुभएको थियो ।

राष्ट्रपतिले एकपक्षीय रूपमा जारी गर्ने कार्यकारी आदेशहरूलाई कानून सरह मानिन्छ र यसका लागि कंग्रेसको स्वीकृति आवश्यक पर्दैन । कंग्रेसले यस्ता आदेश उल्टाउन सक्दैन तर यसलाई अदालतमा चुनौती दिन सकिन्छ ।

अमेरिकामा सबै राज्यका मतदानका नियम एकरूपता छैन । टेक्सास, जर्जिया र इन्डियानाजस्ता राज्यहरूमा मतदान गर्न ड्राइभिङ लाइसेन्स, पासपोर्टजस्ता प्रमाणपत्र देखाउनुपर्छ । क्यालिफोर्निया, न्युयोर्क र इलिनोइसजस्ता राज्यहरूमा भने मतदान प्रक्रिया यति कठोर छैन । ती राज्यहरूमा नाम, ठेगाना बताएर वा बिजुलीको बिलजस्ता साधारण प्रमाण देखाएर पनि मतदान गर्न सकिन्छ ।

यस्तै यो कार्यकारी आदेशले अमेरिकी चुनावहरूमा विदेशी नागरिकहरूबाट चन्दा लिन कडा प्रतिबन्ध लगाएको छ ।

अन्तिम अपडेट: चैत १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया