सङ्क्रमणकालीन न्यायसँग जोडिएका आयोगको लागि सिफारिश समितिले क...
चैत १८, २०८१ सोमबार
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको पुरानो सम्बन्ध सकिएको घोषणा गर्नुभएको छ ।
उहाँले नियमित मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै अर्थतन्त्रको गहिरो एकीकरण, कडा सुरक्षा र सैन्य सहकार्यमा आधारित अमेरिका र क्यानडाको पुरानो सम्बन्ध सकिएको बताउनुभएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करको सामना गरिरहेका आफ्ना नागरिकले आधारभूत रूपमा क्यानडाको समग्र अर्थतन्त्रको पुनर्कल्पना गर्नुपर्ने प्रधानमन्त्री कार्नीको भनाइ रहेको बीबीसीले जनाएको छ ।
उहाँले प्रतिशोधात्मक रुपमा अमेरिकामा अधिकतम प्रभाव पर्ने गरि करको बदला र लगाउने तयारी गरिरहेको बताउनुभयो ।
ट्रम्पले हिजाे मात्रै पनि अमेरिकामा आउने सबै कार र कारका पार्टपुर्जाहरुमा २५% कर लगाउने घोषणा गर्नुभएको थियो ।
यो घोषणासँगै लिबरल पार्टीका नेता प्रधानमन्त्री कार्नीले १९६५ मा क्यानडा र अमेरिकाबीचको सबैभन्दा महत्त्वपूर्ण अटोमोटिभ उत्पादन सम्झौता अब समाप्त भएको बताउनुभएको छ ।
क्यानडाले अब क्यानेडियनहरूले नियन्त्रण गर्न सक्ने अर्थतन्त्र निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।