तीनकुने घटना नियोजित भएको समाजवादी मोर्चाको निष्कर्ष

 चैत १८, २०८१ सोमबार १२:४९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको तीनकुने क्षेत्रमा गएको शुक्रवार भएको राजावादीको हिंसात्मक प्रदर्शन नियोजित भएको समाजवादी मोर्चाले निष्कर्ष निकालेको छ ।

बिहान बसेको मोर्चाको बैठकले घटना नियोजित भएको र यसको सम्पूर्ण क्षतिपूर्ति पूर्वराजा शाहले बेहोर्नुपर्ने निष्कर्ष निकालेको हो । सरकारले राजावादीहरूको योजनाबद्ध कार्यक्रमलाई कम आँकेको र त्यस घटनाको मूल्याङ्कन गरेर सरकारी संयन्त्र परिचालन गर्न चुकेको ठहर पनि गरेको छ ।

मोर्चाले दोषीमाथि कारबाही र भएका क्षतिको घटनामा संलग्नहरूबाटै क्षतिपूर्ति भराउन सरकारसँग माग गरेको छ । बैठकले गणतन्त्रको रक्षाका निम्ति सशक्त भूमिका निर्वाह गर्ने निर्णय पनि गरेको छ ।

अन्तिम अपडेट: चैत १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया