आवश्यक परे अमेरिकी करको बदला लिने योजना छ : ईयू प्रमुख
चैत १९, २०८१ मंगलबार
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरमा रहेको केन्द्रीय क्याम्पसमा आज स्ववियु चुनावका लागि मतदान भइरहेको छ । बिहान ८ बजेदेखि शुरू भएको मतदान बेलुका ४ बजेसम्म चल्ने छ ।
क्याम्पसमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । यस पटक दलका विद्यार्थी सङ्गठनका साथै स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
अखिलबाट सिद्धान्त भट्ट, नेविसङ्घबाट दीपक जोशी, अखिल क्रान्तिकारीबाट प्रवीन दाहालका साथै पद्मा भुसाल र उज्ज्वल खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १ सय ४६ जना मतदाता रहेका छन् ।
यस्तै मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा पनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । त्यहाँँ बेलुका ५ बजेसम्म मतदान हुनेछ । ४ हजार ३ सय ८३ जना मतदाता रहेका विश्वविद्यालयमा १९ सदस्यीय कार्यसमिति चयन हुनेछ ।
चुनावबाट अध्यक्ष, सचिव र कोषाध्यक्षसहित १० जना प्रत्यक्ष र ९ जना समानुपातिक मतबाट गरी १९ जनाको कार्यसमिति चयन हुनेछ । यसअघि चैत ८ गतेका लागि तोकिएको चुनाव उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।