थाइल्यान्ड भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी

 चैत १८, २०८१ सोमबार १२:४१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराउनुभएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराउनुभयो ।

भोलिदेखि थाइल्यान्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमण हुँदैछ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्यान्डका नरेश र समकक्षीसँग भेटवार्ता गर्नुहुनेछ ।

भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारीपत्रमा हस्ताक्षर हुने छ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

यस्तै प्रधानमन्त्री ओलीले बिस्टेक शिखर सम्मेलनलाई चैत २२ गते सम्बोधन गर्नुहुनेछ ।

अन्तिम अपडेट: चैत १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया